नियम ७०
तलब भत्ता
(१) नेपाली सेनामा कार्यरत सैनिक व्यक्तिको हकमा सैनिक अभिलेखालयबाट तलबी प्रतिवेदन पास नगराई तलब भत्ता खुवाउन हुँदैन ।
(२) सैनिक व्यक्तिले सेवामा नियुक्त भएको वा तालिममा सरिक भएको मितिदेखि तलव भत्ता पाउनेछ ।
(३) सैनिक व्यक्तिले नेपाली सेनामा रही काम गरे बापत पाउने तलब भत्ता नेपाल सरकारले समय समयमा तोकिदिए बमोजिम हुनेछ ।
(४) प्रत्येक सैनिक व्यक्तिले एक वर्षको सेवा अवधि पूरा गरेपछि नेपाल सरकारले तोकिदिए बमोजिमको तलब वृद्धि पाउनेछ ।
(५) माथिल्लो तलबमानको कुनै पदमा बढुवा पाउने सैनिक व्यक्तिले तलबमानमा तोकिएको शुरु तलब पाउनेछ ।
तर निजले हाल पाइरहेको तलब उक्त माथिल्लो तलबमानको न्यूनतम तलब बराबर वा सोभन्दा अधिक भएमा उक्त माथिल्लो तलबमानमा निजको तलब तोक्दा देहाय बमोजिम गरी तोकिनेछः–
(क) निजले हाल पाइरहेको तलब माथिल्लो तलबमानको शुरु तलब बराबर मात्र भएमा सो तलबमा एक तलब वृद्धि थप गरी
तोकिनेछ ।
(ख) साविक पदमा पाइरहेको तलब बढुवा भएको पदको शुरु तलब भन्दा बढी भएको अवस्थामा माथिल्लो पदको तलब तोक्दा हाल
पाई आएको तलबमा नपुगसम्मको तलब वृद्धि थप गरी माथिल्लो पदको एक तलब वृद्धि समेत दिइनेछ ।
(६) फलोअर्समा कार्यरत सैनिक व्यक्तिले देहाय बमोजिमको स्तर अनुसार नेपाल सरकारले तोकिदिएको तलब भत्ता पाउनेछः–
सेवा अवधि स्तर
(क) पाँच वर्षभन्दा कम – प्रथम
(ख) पाँच वर्षदेखि दश वर्षसम्म – द्वितीय
(ग) दश वर्षदेखि पन्ध्र वर्षसम्म – तृतीय
(घ) पन्ध्र वर्षदेखि बीसवर्षसम्म – चतुर्थ
(ङ) बीस वर्षभन्दा बढी – पाँचौस्तर